बिचित्रको संसार

यसकारण यो भारतीय गाउँका पुरुष धेरै पत्नी बिहे गर्छन्‘ (फोटो फिचर)

helambu fm
news-img

मंसिर ११ भारत । बिहेको खास कारण सन्तान उत्पादन र यौन सन्तुष्टि नै हो तर बहुपत्नी विवाहका भने संसारमा अनौठा कारणहरू भेटिन्छन् । जस्तोकि भारतको महाराष्ट्रको एक गाउँमा घरमा पानी ल्याउनकै लागि एकभन्दा बढी पत्नीहरू घरमा भित्र्याउने चलन छ । महाराष्ट्रको ठाँडे जिल्लाको डेंगलमल गाउँ सुख्खाग्रस्त क्षेत्रमध्येको एक हो र यहाँका प्राय पुरुषहरू घरमा पानी ल्याउनकै लागि धेरै पत्नी भित्र्याउने गर्दछन् ।यस गाउँका मान्छेहरूका लागि पिउने पानीको एउटै मात्र स्रोत छ, जसन गाउँ नजिकै पहाडको तल पर्दछ ।
 
 
 
water-wives-well_1460361349_725x725
त्यहाँसम्म पुगेर पानी ल्याउनका लागि एक व्यक्तिलाई पुरै दिन ९१२ घण्टा लाग्दछ । सोही कारण घरको सबै काम गरेर पानी भरेर ल्याउन एउटै पत्नीले नभ्याउे हुँदा यहाँका वयस्कहरू एकभन्दा बढी पत्नी विवाह गर्ने गर्दछन् ।
 
05_water-wives
 
 
यही कारण यी पत्नीहरूलाई पानी श्रीमती अथवा वाटर वाइभ्स भन्ने गरिन्छ ।त्यसमध्ये एक हुन् सखाराम भगत । उनका तीन पत्नी भइसकेका छन् । सखारामका तीन पत्नीले घरमा मिलेर काम गर्छन् र उनीहरू आलोपालो गरेर घरमा पानी ल्याउने गर्दछन् ।
 
water-wives-friends_1460360940_725x725
 
 
‘एक पत्नीले एक पटकमा कमसेकम १५ लिटर पानी ल्याउँछन् , त्यही भएर मैले तेस्री पत्नी भित्र्याएको हुँ ,’ सखाराम भन्छन् । यसरी बिहे गरेर पानी पत्नीका रूपमा आउनेहरू पहिलाको घरवार बिग्रिएर तलाक लिएका महिलाहरू हुने गर्दछन् ।‘
 
 
water-wives-husband_1460360880_725x725
 
 
डिजिटल इण्डिया’ र उच्च विकाश प्रविधिका लोभलाग्दा नाराहरू लगाइरहेको भारतीय सरकारले साँच्चै यो पानीकै कारण पत्नी बटुल्ने गाउँतर्फ नजर लगाएको छ कि छैन होला ?
 
 
 
water-wives-more_1460361293_725x725
 
 
 
 
water-wives-turn_1460361133_725x725

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.