विचार

'पुरुषसत्ताको विरुद्धमा'

helambu fm
news-img

र त्यसपछि धेरै वर्षमा त्यो सुन्दर गाउँ जुर्मुरुराउन थाल्यो ।

छिन्नभिन्न भएका महिलाहरू बिस्तारै एकत्रित हुन थाले । स्यारोन र निकिताले अगुवाइ गरेर टोलटोलमा आमा समूह गठन गरे, प्रत्येक हप्ताको शनिबार समूहको बैठक राखी महिला अधिकार, महिला स्वास्थ्य र घरेलु तथा यौन हिंसाको बारेमा प्रशिक्षित गर्न थाले । त्यस काममा उनीहरूलाई सरिता, सीता, मञ्जु, पवित्रा, पार्वती र ललितमायाहरूको साथ थियो । स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका शिक्षिकाहरू र गोमाहरूले पनि उनीहरूको यस अभियानमा दरिलो साथ दिएका थिए ।

शनिबारको लागि अग्रिम तयारी उनीहरू अघिल्लै साँझ स्यारोनको घरमा बसेर विषय उठान, त्यसमाथि गहन छलफल र अन्त्यमा निष्कर्ष निकालेर छुट्टिन्थे । गम्भीर विषयमा छलफल, बहस गरिरहदाँ बेलाबेलामा रमाइला चुट्किला सुनाएर साथीहरूको मुडफ्रेस गरिदिन्थी स्यारोन । प्राय: यस्ता छलफल किन पनि स्यारोनकै घरमा गरिन्थ्यो भने उनको श्रीमान् विदेशमा र सासूससुरा अलग्गै घरमा बस्थे जसले गर्दा उनीहरूको छलफलको गोपनीयता पनि कायम रहने अनि कहींकतैबाट डिस्टर्ब पनि नहुने ।

गाउँले जीवन र परिवेश भएपनि त्यस गाउँमा विकासका आधारभूत कुराहरू क्रमश सहज हुदैं गइरहेका थिए । बत्ती, सडक सञ्जाल र सूचना प्रविधिको राम्रो विकास भएको थियो, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुगेको थियो । चुल्हो चौका गर्ने महिलाहरू पनि घरमै बसीबसी विश्वको कुन ठाउँमा के भइरहेको छ थाहा पाउने भइसकेका थिए परन्तु यति हुदाँहुदैं पनि महिलामाथि घरेलु हिंसा, यौनजन्य हिंसा र भेदभावपूर्ण व्यवहार कायमै थियो ।

विश्वमा नाम चलेका, ठूला भनिएका स्टार व्यक्तिहरूको जीवनकहानी, सेलीब्रेटीहरूको नयाँनयाँ सम्बन्ध, सम्बन्ध विच्छेद, प्रेम, रोमान्स अनि डेटिङ जस्ता कुराहरूसँग निरन्तर अपडेट भइरहने एक्काइसौं शताब्दीको समाजमा स्यारोन र साथीहरू शुक्रबारे छलफलमा यी र यस्ता नयाँ, रमाइला कुरा-घटनाहरूदेखि लिएर गाउँटोलमा दैनन्दिन घटित घटनाहरूको बारेमा भावी योजनाहरूको विषयमा समेत गहिरो छलफल, बहस गर्ने गर्दथे ।

गाउँको लगभग मध्यभागमा पर्ने पार्वतीको घरमा एक साँझ निकै खैलाबैला भएपछि छिमेकीहरू कुरो बुझ्न त्यतातिर लागे । पार्वतीका श्रीमानले उनीमाथि सौता हालेर कान्छी श्रीमती साथमा लिएर घर आएका रहेछन्; त्यही विषयमा श्रीमान् श्रीमतीको घम्साघम्सी चलिरहेको रहेछ ।

"तैलें छोरो पाइनस् त्यही भएर ल्याएँ बुझिस्" धम्कीको भाषामा पार्वतीलाई बुझाइरहेका थिए उनका श्रीमान् ।

तर बत्तीस कोठरीमध्ये एउटा कोठरीमा पनि उनको चित्त बुझिरहेको थिएन र काल्लिई काल्लिई श्रीमानलाई गाली गरिरहेकी थिइन् उनी । छोराछोरी कसरी जन्मन्छन् र त्यसमा कसको कति हात वा दोष हुन्छ भन्ने कुरा धेरथोर बुझेकी थिइन पार्वतीले पनि त्यसैले उनी हार्न मानिरहेकी थिइनन् ।

"म हुदाँहुदैं अर्की बुढी यही घरमा सरासर ल्याउन डर, लाज केही लागेन तपाईंलाई?नकच्चरो कहीँ नभा'को ! "

पार्वतीको बोली भुँईमा खस्न नपाउँदै श्रीमान् झोक्किए "मेरो बाउको सम्पत्ति हो, मैले विदेशमा रगत, पसीना बगाएर कमाएको धनसम्पत्ति; के को डर, तँलाई बस्न मन लागे बस्, नलागे जाँ जान मन लाग्छ जा, मैले रोकेको छैन क्यारे ।"

"मैले थेगी थामी राखिदिएकी थिएँ र अहिले मेरो सम्पत्ति यत्ति र उत्ति भनेर नाक फुलाउँछौ, तिमी विदेश हुदाँ मैले नि यहाँ दु:ख नगरी मोजमस्ती गरेर बसेकी भए यत्रो हुन्थ्यो तिम्रो सम्पत्ति"पार्वती पनि बम्किइन् ।

"मैले अर्को बूढो यसैगरी यो घरमा लिएर आएकी भए तिमी के गर्थ्यौ भन त ?" उसले रिस खप्न सकेन र पार्वतीको गालामा एक चड्कन जमायो ।

अघिसम्मन् रमिता हेरेर बसेका छिमेकीहरूले उनीहरूलाई छुट्याए । आफूमाथि सौता हालेपछि छातीमा रोपिएको तीरको पीडासँगै त्यत्रो मान्छेको अगाडि आफै गल्ती गर्ने र उल्टै हातपात गर्ने, गालामा झापट लगाउने श्रीमानको हर्कत असह्य भयो पार्वतीलाई र यस चोटलाई कहिल्यै नबिर्सने प्रण गरिन् उनले मनमनै ।

पार्वतीमाथि भएको घोर अन्याय र अत्याचारको विरुद्ध गाउँका महिलाहरूको मनमा पनि एउटा ज्वाला दन्किन थाल्यो आक्रोशको । सदियौंदेखि पुरुषसत्ताको थिचोमिचो सहदैं आएका महिलाहरू चुल्हो चौकोको घेरा तोडेर अगाडि बढ्न खोजिरहेका थिए ।

अर्को शुक्रबारको साँझ स्यारोनको घरमा महिलाहरू अटाइनअटाइ कोचिएर बसेका थिए । अँझै सहभागीहरू थपिने क्रम जारी थियो । सबै जना पार्वतीको आगमनको तीव्र प्रतीक्षामा थिए । त्यहाँ महिला आन्दोलनले एउटा नयाँ उचाइ प्राप्त गर्न लालायित भइरहेको आभास हुन्थ्यो । उपस्थित सबैको मन आन्दोलित भइरहेको थियो पुरुषसत्ताको विरुद्धमा ।

पार्वतीको आगमनसँगै गर्माएको माहोल उनले बोल्न थालेपछि महिलाहरू आफ्नो श्वास दबाएर सुनिरहेका थिए तर उनको श्रीमानको थिचोमिचो, पेलाइ, यातना, घमण्ड र अहङ्कार अनि पार्वतीका दर्दनाक दु:ख र पीडाका यथार्थ कथा व्यथाहरू सुन्न थालेपछि धेरै महिलाको देब्रे छाती फोडेर केही चीज बाहिर निस्कुलाँ झै गरी छिटोछिटो जोडले धड्किरहेको थियो भने फोक्सो फुल्ने र खुम्चने क्रम तीव्र भइरहेको थियो ।

स्यारोन र निकिताले पालैपालो छलफलमा सहभागी महिलाहरूलाई आफ्ना जोशिला तर्क र मन छुने कुराले यसरी प्रभावित पारे कि उनीहरूले पुरुषहरूको अत्याचार विरुद्ध जस्तासुकै कार्य गर्न पनि पछि नपर्ने बाचा गरे ।

राति अबेरसम्मको गहन छलफल र बहसपछि भोलिपल्ट शनिबारको कार्यसूची तयारी र कार्य विभाजन गरेर सबैजना आआफ्नो घरतिर लागे निकिता र पार्वती बाहेक । त्यो अन्धकार कालो रातमा पनि महिलाहरूले चाँदनीको मधुरो उज्यालो अनुभव गरिरहेका थिए । निकिता र पार्वती भने स्यारोनसँगै बसेर भावी योजनाको बारेमा लामो कुराकानी गरे ।

शनिबारको भेला र प्रशिक्षण पनि अत्यन्त प्रभावकारी ढंगले सकियो । एउटी महिलालाई परेको पीडा र चोटमा सबैले शरीरत: साथ दिन नसकेतापनि हृदयदेखि नै पुरुषवादी सोच र उनीहरूका कुकृत्यहरूको भण्डाफोर गर्न, अहङ्कार, अन्याय र अत्याचारको खिलाफमा लड्न अधिकांश महिलाहरू मानसिक रुपले तयार भएका थिए ।

पार्वतीमाथि परेको अन्याय र पीडा एकदिन आफूहरूमाथि पनि पर्न सक्ने यो पुरुषसत्तामा बाँचिरहेको कुरा बुझेपछि धेरै महिलाहरूको रगत उम्लिरहेको थियो भने यसअघि नै पार्वतीको जस्तो चोट र पीडा सहेर बाँच्न विवश महिलाहरूको मनमा समेत न्याय प्राप्तिको आशाका पालुवाहरू पलाउन थालेका थिए ।

त्यो साँझ पनि निकिता र स्यारोन एक ठाममा बसेर थप छलफल गरे । सीमित महिलाहरूले शुरु गरेको महिला आन्दोलनले गति पक्डेपछि यसलाई कसरी सफल बनाउने भन्ने बारेमा विचार विमर्श गरे । महिला विरुद्ध बनेका ऐन कानूनहरू र कुरीति, कुसंस्कारहरूलाई कसरी विस्थापित गर्ने; भेदभावका जञ्जिरहरू के गरी तोड्ने र आन्दोलनलाई कसरी निर्णायक बनाउने अनि पार्वतीलाई कसरी न्याय दिलाउन सकिन्छ भनेर निकैबेर आपसमा कुरा गरे ।

केही दिनपछि पार्वतीसँगै स्यारोन र निकिता पनि सदरमुकाम गए । श्रीमानविरुद्ध मुद्दा चलाउने र पारपाचुके गर्ने प्रकृयाबारे वकिलहरू र महिला विकास कार्यलयका प्रतिनिधिहरूसँग राय सल्लाह लिए तर पार्वतीले मुद्दा जित्दा पनि आफूहरूले खोजेजस्तो न्याय र पुरुष सरह भएर यो धरतीमा ससम्मान जिउन पाउने आधार नदेखेपछि उनीहरू किंकर्तव्यविमूढ भए । दुई चार वर्षको जेल सजाय र केही सय हजारको जरिवानाले पार्वतीमाथि भएको अन्याय अत्याचारको विगो पनि असुल उपर हुने थिएन, हृदयमा लागेको चोट र पीडामा मल्हम पट्टीको कुरा त कता हो कता !

पार्वती त श्रीमानसँग अतीतमा बिताएका प्रत्येक क्षणहरू सकुशल फिर्ता लिन चाहन्थिन्, आफ्ना इच्छाहरू दबाएर, सपनाहरूको हत्या गरेर श्रीमान् र परिवारको खुशीका लागि बिसाएको दु:खको साँवा व्याज फिर्ता लिन चाहन्थिन् । ती अविस्मरणीय, अद्भुत, अनुपम र रमाइला क्षणहरू केही वर्षको कारावस र केही रुपैयाँको जरिवानामा विनिमय गर्न पटक्कै चाहदैनथिन् ।

घर फर्कदैं गर्दा निकिताले भनी"हामी सबै महिलाहरूको हस्ताक्षरसहित पर्सी नै सरकारसमक्ष आफ्ना मागहरू राखेर ज्ञापनपत्र बुझाउन जानुपर्छ स्यारोन, यसरी अनिर्णयको बन्दी भएर हुदैंन ।"

"ठिक भन्यौं निकिता तिमीले, त्यसै गरौं; त्यति गर्दा नि भएन भने भएभरका महिलाहरू मिलेर आन्दोलनमा उत्रौं, आमरण अनशन र भोक हड्ताल गरौं ।"

पार्वतीलाई पनि यी कुरा चित्त बुझिरहेको थियो र तन्मयका साथ सुनिरहेकी थिई अनि उनीहरूको कुरामा सहमति जनाउँदै "हो त्यसै गरौं"भनी ।

मागहरू केके राख्ने, ज्ञापनपत्र कसरी तयार गर्ने भन्ने विषयमा उनीहरू बाटाभरि छलफल गर्दै अघि बढिरहेका थिए ।

"महिलाहरूले आफ्नो खुशीले मन लागेको पुरुषसँग सम्बन्ध स्थापित गर्न, विच्छेद गर्न, फेरि अर्को पुरुषसँग सम्बन्ध राख्न र ती पुरुषलाई आफ्नो घरमा ल्याउन वा हटाउन पाउनुपर्छ । एउटा यो माग पनि राख्नुपर्छ ।"पार्वतीले जोशका साथ भनी ।

'यसलाई त एक नम्बरमै राख्नुपर्छ र यसैलाई प्रमुख माग बनाउनुपर्छ, यो हाम्रो एकसूत्रीय माग हुनुपर्छ । 'स्यारोन र निकिता दुवैले सही थापे । "तिम्रो दिमागमा यति सुन्दर र प्रभावकारी विचार कसरी आयो पार्वती ?" स्यारोनले सोधी ।

"जब मान्छेलाई असल काम गर्दागर्दै असह्य चोट र पीडा पर्छ, दु:ख र दर्द खप्न सक्दैन तब उसले कठोर तर सुन्दर विचार निकाल्छ नि स्यारोन" पार्वतीको तर्फबाट निकिताले जवाफ दिई ।

त्यसपछि उनीहरूले सामाजिक सञ्जालमा 'महिला अधिकारका लागि लडौं'भन्ने समूह बनाएर सो अभियानलाई तीव्र बनाए । केही दिनमै यो समूहमा सयौं महिलाहरू आवद्ध भइसकेका थिए र अधिकांशले दिलोज्यान दिएर अन्याय र अत्याचारको विरुद्धमा लड्ने प्रतिबद्धता जनाएका थिए ।

*** *** ***

सेतो कपडामा ठूला अक्षरले एकसूत्रीय माग लेखिएको थियो, त्यसमा हस्ताक्षर गर्न सयौंको संख्यामा महिलाहरू लामबद्ध थिए । कतिले त आफ्नो हात काटेर रगतले दस्तखत गरेका थिए । केही दिनमै हजारौं महिलाले त्यो मागपत्रमा हस्ताक्षर गरेर महाअभियानमा साथ र वीरङ्गनाको परिचय दिइरहेका थिए ।

स्यारोन, निकिता र पार्वती मागपत्र बोकेर सरकारसमक्ष बुझाउन गए । त्यहाँ पनि पुरुष सत्ताका प्रतिनिधि पात्रहरूले उनीहरूलाई चाहिने नचाहिने प्रश्न सोधेर हैरान पारे । उनीहरूले प्रधानमन्त्रीलाई हस्ताक्षर सहितको मागपत्र; गृहमन्त्री, कानूनमन्त्री, महिलामन्त्री, सभामुख, विपक्षी दलका नेता र संभव भएसम्मका क्रियाशील राजनीतिक दलका प्रमुखहरूलाई आफ्नो मागपत्र पेश गरे । सबैले यसबारेमा आफ्नो ध्यानाकर्षण भएको र यथाशीघ्र छलफल गरेर उचित निर्णय गरिने आश्वासन दिएपछि उनीहरू गाउँ फर्के ।

गाउँमा फर्केर उनीहरूले उक्त अभियानलाई अँझ तेज बनाए । युगौंयुगदेखिका तथ्य र प्रमाणहरू केलाउँदै मानव विकासको शुरूवाती चरणमा महिला र पुरुष समान भएतापनि महिलाको कोमलता, सहिष्णुता र संयमता जस्ता नारीसुलभ गुणलाई कमजोरी ठान्दै पुरुषले क्रमशः महिलामाथि अत्याचार र अपराध गर्दै अघि बढेको कुरा बेलीविस्तार लगाए । धर्मशास्त्रमा पनि महिलाहरूमाथि गरिएको भेदभाव र नीच व्यवहारको उदाहरणसहित व्याख्या गर्दै आफ्ना माग र आन्दोलनको औचित्यबारे स्पष्ट पारे ।

तर महिनौं बितिसक्यो, आफ्नो मागबारे सरकारले कुनै निर्णय नगरेछि शुक्रबारे छलफल, शनिबारे भेला र प्रशिक्षणमा आन्दोलनमा जानुको विकल्प नरहेको निष्कर्ष निकाल्दै आफूहरू पुरुषहरूको अहङ्कारी सोचलाई चकनाचुर पार्न आतुर रहेको बताइरहेका थिए । तथापि यसबारे ढिलासुस्तीको कारण र सरकारको धारणा बुझ्न स्यारोन र निकितालाई पठाउने निधो भयो र उनीहरू जिम्मेवारी वहन गर्दै त्यसैको भोलिपल्टै हिडेँ पनि ।

सर्वप्रथम उनीहरू महिला विकास मन्त्रीकोमा पुगेर हाम्रो मागको बारेमा के भइरहेको छ भनी जिज्ञासा राख्दा उनले भनिन् "तपाईंहरूको मागचाहिँ जायज र समयको आवश्यकता अनुसार एकदम सही र समयसापेक्ष छ तर क्याबिनेटले यस मागलाई हाँसेर उडाइदियो, यस्तो नि माग हुन्छ भनेर । अब हेर्नुस्न क्याबिनेटमा महिलाको प्रतिनिधित्व नगण्य छ, सबै पुरुषहरू छन् अनि त हाम्रो कुरा कसैले वास्ता नै गर्दैन ।"

"एउटा महिला भएको नाताले हामी सबैभन्दा पहिला तपाईं भा'ठाउँ आयौं र अब हामी सिधै प्रधानमन्त्रीकहाँ जान्छौं, हाम्रो आन्दोलनमा हजुरको साथ सहयोगको अपेक्षा गरेका छौं र अहिलेलाई हामी लाग्छौं पनि"निकिताले बिदा मागी र दुवैजना नमस्कार गरेर बाहिरिए । बाहिरिनु अघि उनीहरूले मन्त्रीको सम्पर्क नम्बर लिए ।

बाहिर निस्केपछि स्यारोनले निकितालाई भनी "अब कसैको ढोका चहारेर हुनेवाला केही छैन, गाउँ फर्केर सबै साथीहरूलाई आन्दोलनको लागि तयार गर्नुपर्छ । अर्को कुरा यो संसारमा मागेर पाइनेवाला केही छैन । त्यस‌ैले कसैको दयाको पात्र बन्न छोडेर न्यायपूर्ण आन्दोलनको आँधी सिर्जना गर्नुपर्छ । भो निकिता यो मन्त्री-प्रधानमन्त्रीको कार्यलयतिर धाउन छोडेर अब गाउँ फर्कौं ।"

"हैन यहाँसम्म आइपुगेपछि प्रधानमन्त्रीलाई नभेटी जानु हुदैंन, फेरि साथीहरूले हामीलाई सुम्पेको जिम्मेवारीबाट हामी कसरी पन्छिन सक्छौं र?उनीहरूलाई विश्वासघात गरेर फेरि के जवाफ दिनु भन त? त्यसैले जसरी हुन्छ हामीले आफ्नो कर्तव्यबाट विमुख हुनुहुदैंन ।"

निकिताको कुरा ठीकै लाग्यो स्यारोनलाई पनि अनि दुवैजना लागे प्रधानमन्त्रीको कार्यलयतिर । सिंहदरबार छिर्न त्यति सजिलो के हुन्थ्यो र ! गेटमा तैनाथ सुरक्षाकर्मीले उनीहरूलाई केरकार गरे । गाउँले महिलाहरूले हामी प्रधानमन्त्रीलाई भेट्न जान लागेकोभन्दा पुरुष सुरक्षाकर्मीले खिल्ली उडाउन खोजे, जिस्क्याए पनि । त्यहाँ पनि पुरुषवादी अहमता ठसठसी गनायो उनीहरूलाई । महिला मन्त्रीलाई फोन गरेपछि बल्लबल्ल उनीहरूको पास आइपुग्यो र सिंहदरबारभित्र पसे ।

पाँच घण्टा कुर्दा पनि त्यो दिन उनीहरूले प्रधानमन्त्रीसँग भेट गर्न पाएनन् । साँझमा आफन्तकोमा गएर रात कटाए । दिनभरका घटनाहरूको निचोड सामाजिक सञ्जालमार्फत आफ्नो समूमा पोष्ट गरे । क्षणभरमै कैयौं टिप्पणीहरू आए ।"फर्क स्यारोन र निकिता, अब एकजुट भएर तिनीहरू विरुद्ध लड्नुपर्छ ।"कसैले यस्तो लेखेको थियो ।"तिनीहरू भित्रैदेखि अन्धा छन्, बहिरा छन् त्यसैले हाम्रो पीडा देख्दैनन्, सुन्दैनन् । तिनीहरूको आँखा र कान यसै खुल्दैनन् झीरले रोप्नुपर्छ ।"

"हामीलाई लिन आऊ प्रिय निक्की र स्यारोन अनिसँगै लिएर जाऊ आन्दोलनको मैदानमा"

यस्तायस्ता जोशिला र मार्मिक टिप्पणीहरू आइरहेका थिए तर निकिता र स्यारोनले प्रधानमन्त्रीको मुखबाटै गाँठी कुरा के हो बुझेर मात्र फर्कने अठोट गरे ।

*** *** ***

भोलिपल्ट एकबजे प्रधानमन्त्रीको कार्यकक्षमा विषय उठान भएपछि मुस्कुरउँदै प्रधानमन्त्री भन्छन् "यो कस्तो माग हो तपाईंहरूको, यस्तो नि माग हुन्छ?यसले त समाजलाई पथभ्रष्ट बनाउँदैन ?"

"प्रधानमन्त्रीज्यू, पुरुषले चाहिँ जतिवटा श्रीमती ल्याए पनि हुने, जेजे गरेपनि महिलाले सहनुपर्ने, सदियौंदेखि पुरुषबाट महिला ठगिदैं, शोसिदैं आएका छन् त्यसले चाहिँ यो समाज पथभ्रष्ट नहुने अनि एउटी महिलाले पुरुष सरह अधिकारको कुरा गर्दा पथभ्रष्ट हुने?तपाईंको त्यो पुर

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.