बिज्ञान तथा प्रबिधि

अब मापसे गरेर बाइक चलाए ठाउँको ठाउँ स्टार्ट बन्द हुने

helambu fm
news-img

पौष ३ पोखरा ।युवा आविष्कारक विकल्प ढुंगानाले मोटरबाइक र स्कुटरमा नयाँ प्रविधिको आविष्कार गरेको दाबी गरेका छन्। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले हेलमेट नलगाएको र मापसे गरेको खण्डमा दुई पांग्रे सवारी साधन आँफै रोकिने प्रविधिको प्रदर्शन गरेका हुन्।

यस अघि नै उनको यो प्रविधिलाई ट्राफिक प्रहरी कार्यालय कास्कीले परीक्षण गरेर प्रमाणित पनि गरिसकेको छ। एक साता विभिन्न चरणमा गरिएको परिक्षणले उनले भने जस्तै नतिजा दिएको पत्रकार सम्मेलनमा उपस्थित असई राजेश थापाले बताए।

उनको प्रविधिको परीक्षण पश्चात ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले औपचारिक रुपमा नै परीक्षण सफल भएको जनाएका छन् ।

कार्यक्रममा बोल्दै ढुंगानाले आफ्नो साभाष नामक यो प्रविधिमा हेलमेटमा दुई थरी डिटेक्टरहरुको प्रयोग गरिएको बताए । उनको यो प्रविधिले सडक दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका खेल्ने दाबी छ। त्यस्तै उनी अध्ययनरत पोखरा मल्टीमोडेल कलेजका प्राचार्य कृष्ण केसीले विकल्प जस्ता प्रतिभाहरुलाई पलायन हुनबाट रोक्न सरकारी स्तरबाटै पहल हुनुपर्ने बताए।

उता उक्त कलेज कै विज्ञान संकायका प्रमुख डा। चन्द्रबहादुर  थापाले उनको प्रविधिलाई जनस्तरमा लैजान विस्तृत अध्ययन गर्नुपर्ने खाँचो औल्याए।

त्यस्तै राष्ट्रिय युवा परिषद कास्कीका अध्यक्ष आशिर्वाद सुवेदीले ढुंगानालाई परिषदले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गुरुचेला एजुकेशन नेटवर्कका कार्यकारी निर्देशक सुवास मल्लले पनि यस्ता प्रतिभाहरुलाई प्रवद्र्धन गर्न आफ्नो संस्था निरन्तर लाग्ने बताए ।

तनहुँ मनपाङ घर भइ विगत केही वर्षदेखि पोखरामा बस्दै आएका विकल्पले गत वर्षको युवा प्रतिभा पुरस्कार समेत जितेका थिए।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.