बिचित्रको संसार

चितवनमा जन्मियो अचम्मको बच्चा

१० किलो तौल भएको सो बच्चाको जिउ सामान्य छ भने टाउको निकै ठुलो

helambu fm
news-img

पौष १६ चितवन ।भर्खरै  जन्मिँदै गरेको शिशुको तौल कति हुन्छ रु ३ किलो, ४ किलो या पाँच किलो । यदी तपाईँले यस्तै सोच्नु भएको छ भने तपाईँ गलत हुनुभयो ।  चितवनको भरतपुर अस्पतालमा अनौठो बालकको जन्म भएको छ ।
भारत रक्सौल भेटही घर भएकी नरसिहं खातुनले शुक्रबार दिउँसो ११ बजे १० किलो तौल भएको बच्चाको जन्म दिएको अस्पतालले जनाएको छ ।
प्रसुति गराउन अस्पताल भर्ना भएकी खातुनले सहजै बच्चा जन्म गराउन नसक्ने अवस्या सृजना भएपछि अप्रेशन गरी टाउको निकै ठुलो भएको बच्चा निकालिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट रुद्र मरासेनीले जानकाररी दिए ।१० किलो तौल भएको सो बच्चाको जिउ सामान्य छ भने टाउको निकै ठुलो रहेको उनले बताए ।बच्चाको अवस्था सामान्य भएपनि आमालाई भने आईसुयुमा राखिएको बताइएको छ ।अस्वाभाविक बच्चा जन्मिएपछि अस्पतालमा हेर्नेहरुको भीड समेत बढेको छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.