बिज्ञान तथा प्रबिधि

तीजको पूर्बसन्ध्यामा आयो तीज भिडियो मोबाईल एप

helambu fm
news-img

काठमाडौं । नेपाली नारीहरुको महानपर्बको रुपमा लिईने तीजको पूर्बसन्ध्यामा  तीज भिडियोहरु हेर्न  मिल्ने  मोबाईल एप आएको छ । यस एपमा तीज  भिडियो लगाएत  अन्य धेरै क्याटेगोरीको  समेत समाबेस गरिएको छ  । प्रविधि प्रयोग गरेर  गीत संगित सुन्न,चलचित्र हेर्न तथा कतिपय मनोरञ्जन लिन मानिसले इन्टरनेट बाटै पाउन थालेको खासै धेरै भएको छैन । 

विकशीत देशहरुको तुलनामा नेपालमा इन्टरनेटको विकास भएको त्यति लामो समय भएको छैन । तैपनि निकै छोटो समयमा नेपालीहरु इन्टरनेटमै सबै कामहरु गर्ने गर्दछन् त्यसमा पनि पछिल्लो समय मनोरञ्जनको लागि निक्कै इन्टरनेट नै प्रयोग गर्ने गरेको पाइन्छ ।

केहि बर्ष  देखि एता इन्टरनेट मार्फत आफ्नै मोबाइलमा, अनि आफु जहाँ मनोरंजन पनि त्यहीं हुन्  थाले पछी त मानिसलाइ प्रविधिले चुम्बकले ताने झैँ तान्न थालेको छ  ।यस  सँग सँगै यस्तै मनोरंजनका लागि मोबाइल एप्स भन्ने प्रचलन पनि अनगिन्ती बढ्दै  आएको छ । विश्व बजारमा मात्र हैन, नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम हाल आएर बढ्दो छ।

गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती एप्सहरु डाउनलोड हुने संख्या दिनहु बढ्दैछ । अझ मनोरंजन मात्र होइन दैनिक जीवनमा प्रयोग हुने धेरै कुराहरु नेपालिले बनाएको मोबाइल एप्स बाटै पाउन थालिएको छ ।

नेपाली गीत संगीतको बिश्व ब्यापी हुन नसकिरहेको बेला उद्धव तमाङले "नेपाली भिडियो कलेक्सन" नामक एप्स बजारमा ल्याएर केहि हदमा बिश्व सामु चिनाउन खोजेका छन् । गुगलको प्लेस्टोरमा लन्च भएको यो एप्स नेपाली गीत संगीत प्रति समर्पित रहेको भन्ने कुरा छोटो समयमै धेरै प्रयोगकर्ताले डाउनलोड गरे बाट पनि  प्रमाणित हुन्छ ।

गायक गायिकाले नेपाल टेलिभिजनको स्टुडियोमा बसेर आफ्नो गीतमा ओठ चलाएको भिडियोलाई नेपाली म्युजिक भिडियोको नाममा प्रशारण गरिने चलन आज मन परेको बेला आफ्नो मोबाइलमा ‘नेपाली भिडियो कलेक्सन डाउनलोड गरि सुन्ने र हेर्ने प्रचलनमा बदलिएको छ ।


नेपाली सर्जक र कलाकारलाई यो एप्सले निक्कै सहयोग पुग्ने देखिएको छ । तमाङ भन्छन : श्रष्टा र कलाकार भनेका देशका गहना हुन्, नेपालिले नेपालि गित संगीतलाइ माया गर्नु पर्छ, गीत संगीतलाई माया गरौ भन्ने भावनाबाट मैले यो एप्स बनाएको हुँ"  ।

 यस  एप्समा बजारमा आएका नयाँ तीज  गीत,  ट्राफिक गीत, चलचित्र , चलचित्रका गीत , आधुनिक गीत , लोकदोहोरी , चाड पर्ब गीत , पप गीत , लगायतका अन्य गीतहरुको फिचर्स समाबेस छन् । मन पराइएको कुनै पनि गीतलाई फेबरेट लिस्टमा राख्न मिल्ने सुबिधा पनि यसमा छ ।

प्लेस्टोरमा गएर ‘नेपाली भिडियो कलेक्सन' (Nepali Video Colletion) टाइप गरि सर्च गरेर डाउनलोड गर्न सकिने यो एप्स खास गरि बिश्वमा छरीएर बसेका गीत संगीत प्रेमी नेपालीका लागि बढी प्रभाबकारी हुने डेब्लोपरको भनाई छ ।

एप्सका प्रयोगकर्ताले दिएको सुझाब, प्रतिक्रियालाई ध्यान दिएर अन्य फिचर्स सुबिधा थप गर्दै भर्सन उपग्रेड गर्दै जाने र अझै सहज र सरल तरिकाले मोबाइल डाटा र वाई फाई इन्टरनेट मार्फत चलाउन मिल्ने बनाउदै जाने  तामाङ बताउछन् ।

# गुगल प्लेस्टोरबाट यो एप्स डाउनलोड गर्न याँहा थिच्नुहोस्

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.