मनोरञ्जन

‘रोमियो’को टिजर रिलिज,टिजरमै देखियो उच्च क्वालिटि

helambu fm
news-img

पौष १९ काठमाण्डौ ।२०७४ साल वैशाख २९ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘रोमियो’को टिजर रिलिज गरिएको छ । प्रेम कथामा तयार भएको यो चलचित्रको टिजरमा यसको उच्च मेकिङ देखिएको छ । नव–निर्देशक शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो । चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनुको मुख्य भूमिका छ । नायक हसनराजाको जन्मदिनको अवसर पारेर यो चलचित्रको टिजर रिलिज गरिएको हो ।
हेर्नुहोस :कस्तो छ त टिजर भिडियोमा


टिजरमा हसनका लागि नीशा र ओसिमाको प्रेम आशक्ति देखिएको छ । तर, टिजरले अझै पनि यसको बिषयवस्तु के हो भन्ने खुलाएको छैन । निर्माता तथा नायक हसनले भने–‘हामीले ट्रेलरमा चलचित्रको बिषय के हो भन्ने खुलाउने छौ ।’ उनले चलचित्रको मेकिङ, कथावस्तु र प्रस्तुतीमा कुनै संझौता नै नगरिएको बताएका छन् । टिजरमा ‘बाबरी’ बोलको गीतलाई हाइलाइट गरिएको छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.