अर्थ

एक वर्षमा नेपालबाट कुन देशका कति नागरिक निष्कासित भए ?

helambu fm
news-img

पौष २९ एजेन्सी ।नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो ।
गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए । सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन् । चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन् ।
चीनका १२४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५ र पाकिस्तानका १४ नागरिक निष्कासनमा परेका छन् । त्यस्तै, बेलायतका १३, क्यानडाका १२, जर्मनीका १०, कोरिया र अस्ट्रेलियाका आठ–आठ, उज्वेकिस्तान, इटाली र इजरायलका ६(६ नागरिक निष्कासनमा परेका छन् ।
अध्यागमन विभागका अनुसार फ्रान्सका र स्विट्जरल्यान्डका पाँच–पाँच, नेदरल्यान्ड र डेनमार्कका चार–चार, पेरू र मलेसियाका तीन–तीन नागरिक निष्कासित भएका छन् । ताइवान, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, पोल्यान्ड र इरानका दुई–दुई नागरिक निकालिएको विभागले जनाएको छ । श्रीलंका, टर्की, युक्रेन, केन्या, बुल्गेरिया, बहराइन, अस्ट्रिया, जापान, इन्डोनेसिया, आइभोरीकोस्ट, स्लोभाकिया, इजिप्ट, भुटान, क्रोएसिया, ट्युनिसिया, सिंगापुर, तान्जानिया, चेक रिपब्लिक, थाइल्यान्ड, माली, स्पेन, लेबनान, फिनल्यान्ड र मेक्सिकोका एक–एकजना नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.