अर्थ

कोरियामा कामदारले तलव नपाउने समस्या बढ्यो, ६९ हजार ५ सय ५५ कामदारले गरे उजुरी

helambu fm
news-img

माघ १३ काठमाण्डौ ।वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य रहेको कोरियामा पछिल्ला वर्ष कामदारहरुले तलब नपाएको गुनासो तथा उजुरीहरु बढ्दै गइरहेको छ । जसले गर्दा कामदारले पाउनुपर्ने तलबको मात्रा वृद्धि भइरहेको छ ।
 
कोरियाका राजधानी सिओल नजिकको ख्यङ्खी ९राजधानी सउल आसपासको १८ वटा क्षेत्र० र ईन्छन क्षेत्रमा विगत गत ३ बर्ष देखि तलव नदिने कम्पनी र नपाएको तलबको मात्रामा बृद्दि भईरहेको छ । 
 
उत्पादन कलकारखाना बढी भएको औधोगिक क्षेत्रमा तलब नदिने समस्या बढ्दै जाँदा रोजगारीका लागि कोरिया पुगेका नेपाली कामदार समस्यामा परेका छन् । 
 
रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत बर्ष २०१६ मा कम्पनीबाट मजदुरहरुले नपाएको तलब रकम १,४२८,६००,०००,००० अक वन अर्थात १ अर्ब २२ करोड २० लाख ६७ हजार डलर छ । यो अहिलेसम्मकै सबभन्दा बढी हो ।
 
यो रकम श्रम विभागमा परेको उजुरीको आधारमा प्रमाणित रकम हो । यो रकममा अझै बृद्धि हुने अनुमान गर्न सकिन्छ । 
 
तलब नपाए पनि उजुरी नगर्ने मजदुरहरुको तलब समेत जोडदा तलब नपाउने रकममा बृद्धि हुन्छ 
आकर्षक तलवमा इपीएस प्रणालीबाट कोरिया पुगेकाले तलब नपाएका हुन् । सवैभन्दा बढी तलब नदिने क्षेत्रमा ख्यङगी ९राजधानी आसपासमा रहेको जिल्ला ,क्षेत्र० हो भने दोश्रोमा ईन्छन क्षेत्र पर्दछ । 
 
ख्यङगी क्षेत्रमा तलब नपाएका कारण परेको उजुरीको संख्या २०१४मा ५०हजार १सय५६ वटा थियो । जुन कोरियन वन ३,२१३ अक अर्थात अमेरिकि डलर २७ करोड ४८ लाख४९हजार ६ सय ५९ हुन जान्छ । 
 
सन् २०१५मा मुद्दा संख्या ५५ हजार २सय ८ छ भने नपाएको तलब कोरियन वन ३,४२९ अक अर्थात अमेरिकि डलर २९ करोड ३३ लाख २६हजार ९सय४७ छ । 
 
२०१६मा तलब नपाएका कारण परेको उजुरीको संख्या ५६हजार ६सय ७६ छ भने नपाएको तलब ३,५६२ अकवन अर्थात अमेरिकि डलर ३० करोड ४६ लाख ४ हजार १ सय ६६छ ।
दोश्रो बढी तलब नदिने इन्छन क्षेत्रमा २०१४ मा तलब दिलाई पाउनकोलागि लगाईको मुद्दाको सख्या १७ हजार ९५ छ भने नदिएको तलब ६३० अकवन अर्थात अमेरिकि डलर ५ करोड ३८ लाख ९२ हजार ९० डलार छ । २०१५ मा मुद्दा संख्या १२ हजार २८ छ भने नपाएको तलब ६७९ अकवन अर्थात अमेरिकि डलर ५ करोड ८० लाख ८३ हजार ६ सय ९७ छ ।
 
२०१६ मा मुद्दा संख्या १२ हजार ८ सय ७९ छ भने नपाएको तलब ७५७ अकवन अर्थात अमेरिकि डलर ६ करोड ४६ लाख ५६ हजार ५१ छ । नदिने तलबको मात्र र मुद्दा संख्या ३ बर्ष लगातार बृद्दि भईरहेको छ । 
ख्याङगी र इन्छन क्षेत्रमा सन् २०१६ मा तलव नपाएका उजुरी ६९ हजार ५ सय ५५ रहेका छन् । कोरियामा नेपाल लगायतका देशबाट वैदेशिक रोजगारीका लागि कामदारहरु रहेका छन् । जसका कारण उनीहरु प्रभावित भएका छन् । 
 
तलव नदिएपछि मारमा परेका कामदारले सरकारले यसको समाधानका लागि उचित पहल नगरेको बताउँछन् । कोरियन प्रजातान्त्रिक मजदुर महासंघ ९केसिटियु० ले औद्योगिक क्षेत्रमा केन्द्रित भएका कम्पनीहरुले तलव नदिने गरेको बताए । 
 
तलब नदिने समस्या समाधान गर्न सरकारले तयार गरेको छेदाङगुम नियमको कार्यान्वयन गर्न निरिक्षण नगरेको केसिटियुले बताएको छ । 
 
छेदाङगुम अनुसार कम्पनीले तलब नदिएमा मजदुर कल्याण कार्यालयले कम्तीमा ३ महिनाको तलब र ३ बर्षको थेजिकगुम दिने नियम रहेको छ । तर, सम्बन्धि नियममा संशोधन र कम्पनीलाई निरिक्षण गर्ने योजना पर्याप्त नभएको भन्दै सरकारको बिरोध गरेको छ । 
श्रम तथा रोजगार मन्त्रालयले यो बर्ष कोरियाको आर्थिक स्थिति कमजोर हुन सक्ने भन्दै तलब नदिने कम्पनीको संख्या बृद्दि हुन सक्ने सम्भावना बढि रहेको जनाएको छ ।
 
यसको समाधानका लागि सरकारले २ हप्ता केन्द्रीत मजदुरी निरीक्षणलाई बढाएर ३ हप्तासम्म गर्ने साथै १ हजार कर्मचारीलाई तलब सम्बन्धी मुद्दामात्र हेर्न खटाइने जनाएको छ । कोरिया सरकारले बिशेष गरेर सम्पत्ति लुगाउने , तलब नदिने, ढिला दिने कम्पनी मालिकलाई थुनामा राखि अनुसन्धान गर्ने नीति अघि सारेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.