मनोरञ्जन

चेतना जगाउदै गाँउ गाँउ आवाज आर्ट

helambu fm
news-img

माघ २१ चौतारा ।गाँउ गाँउमा आफु खुशीले घरहरु  बन्न थालिसकेका छन् । सरकारको मापदण्ड एकातिर छ त्यसलाई अनुशरण गरेर घर बनाउने ब्यक्ती गाँउमाति कम छन् । यस तर्फ सरकारको ध्यान पुग्न सकेको छैन ।
 
सबै भन्दा बढि गत २०७२ को भुकम्पमा मानविय र भौतिक क्षेति भएको सिन्धुपाल्चोकको अवस्था झनै नाजुक छ । सरकारको अनुदान पाउने प्रक्रिया पिडितको लागि झन्झटिलो भएको गुनासो पिडितहरु गर्छन् । यस्तो अवस्थाले भविष्यमा झन ठुलो विपती निम्त्याउने पक्का छ ।
 
यहि कुरालाई ध्यान दिदै विपत जोखिम  न्युनिकरण  सम्बन्धि सचेतनामुलक सडक नाटक माफर्त चेतना जगाउन सिन्धुपाल्चोकमा विभिन्न  सरकारी गैर सरकारी सँस्थाहरु सक्रिय रुपका लागेका छन् । यसै सन्र्दभमा कारितास जर्मनी,कारितास नेपालको समन्वयमा जनहित गा्रमिण सेवा समितीले जिल्लाका बतासे, स्याउले, सिम्पालकाभ्रेका विकट गाँउमा नाटक सँचालन गरेको छ । गाँउ गाँउ बाट सयौको सँख्यामा नाटक हेर्न स्थानिय आएका थिए ।
 
नाटकमा विपतका प्रकार  र विपत आईहालेमा त्यसको लागि तयारी के के गर्नुपर्छ  भन्ने विषय वस्तु नाटकमा रहेको परियोजना अधिकृत विमल गौतमले जानकारी दिए । सडक नाटक चेतना जगाउने प्रभावकारी माध्यम भएकोले यसलाई निरन्तरता दिने उनले बताए । नाटकमा आवाज आर्ट क्रिएशनका कलाकारहरु कृृष्ण प्र धिताल,नवराज गजुरेल ,रोहित कार्की,देवि आले मगर,सुरेन्द्र गिरी लगायतका कलाकारले नाटक प्रस्तुत गरेका थिए। 
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.