मनोरञ्जन

गायक एसबि मोक्तानले ल्याए डिल्बा र दोर्जे (भिडियोसहित)

helambu fm
news-img

 
चैत १३ काठमाण्डौ ।एकपछि अर्को गितहरु सार्बजनिक गर्दै आएका गायक एसबि मोक्तानले हालै मात्र आफ्नो अर्को दोस्रो नेपाली सेलो पप एल्बम डिल्बा र दोर्जे बजारमा ल्याएका छन ।टिका बम्जनको संगित रहेको उक्त गितमा शब्द र स्वर स्वयम गायक मोक्तानले भरेका छन । काठमाण्डौको मुटुबाछ नजिकै रहेको जहरसिंह पौवामा सुटिङ गरिएको यस गितको म्यूजिक भिडियो पनि राम्रो बनेको निर्माण पक्षले जनाएको छ ।
 
 
 
खेम मोक्तानको निर्देशनमा बनेको भिडियोको सम्पादन रोशन फ्यूवाले गरेका छन भने प्रकाश वाईवाले क्यामेरा चलाएका हुन । बुद्ध लामा र रोहानी लामाको अभिनय भिडियोमा हेर्न पाउनेछौँ । गित संगितको क्षेत्रमा निरन्तर रुपमा अगाडी बडिरेहेका गायक मोक्तानले योङ स्टार,उभो उभो हिमाली भेगैमा लगायत सफल एल्बम बजारमा ल्याईसकेका छन ।
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.