अर्थ

चिनियाँ कम्पनीले बनाउने भयो ३७ मेगावाट क्षमताको काबेली ‘ए’, खोलाखर्कमा शिलान्यास

helambu fm
news-img

  • कृष्ण ओझा
चैत ११ पाँचथर । पाँचथर र ताप्लेजुङ सिमानामा बग्ने कावेली ए बन्नेभएको छ । खोलाबाट ३७.६ मेगावाट विद्युत उत्पादन गर्ने गरि निर्माण गर्न लागिएको हो ।
 
कावेली ‘ए’ जलविद्युत परियोजनाको विहीबार शिलान्यास गरिएको छ । ड्याम निर्माणस्थल हिलीहाङ गाउँपालिका–१, खोलाखर्कमा स्थानीय वयोवृद्ध समाजसेवी दुर्गाप्रसाद भण्डारीकोले गरेका शिलान्यास गरेका हुन् ।
 
अन्तर्राष्ट्रिय सहयोगी निकाय अष्ट्रेलियन वैदेशिक सहयोग नियोग (डीएफएटी), स्वीस आर्थिक सहयोग नियोग (एसइसीओ), बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी), विश्व बैंकलगायतका प्रतिनिधिको उपस्थितीमा परियोजनाको शिलान्यास गरिएको हो ।
 
इन्फ्राको एसियाको प्रवर्द्धन तथा बुटबल पावर कम्पनीको सञ्चालनमा १० अर्ब रुपियाँ लगानीमा कावेली ‘ए’ बन्न लागेको हो ।
 
शिलान्यास कार्यक्रममा परियोजनाको सुरुङ निर्माण कार्य एक महिना भित्रमा सुरु गर्ने बुटबल पावर कम्पनीका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले जानकारी दिए । काबेली परियोजना तीन वर्षमा बनाई सक्ने लक्ष्य छ ।
 
काबेली ‘ए’मा बुटवल पावर कम्पनीको ५५ प्रतिशत र इन्फ्राको एसियाको ४५ प्रतिशत लगानी रहने परियोजना व्यावस्थापक विरेन्द्र श्रेष्ठले बताए ।
 
परियोजना निर्माणको जिम्मा चाइनिज जिज्याङ् हाइड्रो कम्पनीले लिएको छ ।
 
यसको सुरुङ खोलाखर्कदेखि हिलिहाङ गाउँपालिका २ मा पर्ने पिनासीघाटसम्मको चार दशमलव ४ किलोमिटर रहने बताइएको छ । त्यसैगरि एक किलोमिटर फैलावटमा जलाशय निर्माण हुने गरि १४.०९ मिटर उचाईको ड्याम निर्माण गरिने जनाइएको छ ।
 
कावेली ‘ए’को पावर हाउस निर्माण गरिने पिनासीघाट र ड्याम बनाइने खोलाखर्क पुग्ने पहुँच मार्ग निर्माण गरि सकिएको छ । आफ्नो क्षेत्रको गौरव बढाउने वार्षिक २० करोड ५० लाख युनिट विद्युत उत्पादन गर्ने लक्षका साथ कावेली ‘ए’ निर्माण सुरु हुनेछ ।
 
यसले आफूहरुलाई खुसी बनाएको स्थानीय परियोजना सरोकार समिति अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बताए ।
 
नेपालको गरिवी निवारणमा सहयोग पुर्याउने लक्ष्यले काबेली ‘ए’ निर्माणमा आफूहरुले लगानी गरिरहेकोले यो परियोजना सफल पार्नमा स्थानीयवासीले पनि साथ दिनु पर्नेमा इन्फ्राकोका प्रमुख कार्यकारी अधिकृत एर्लाड नोईले जोड दिएका छन ।
 
आयोजना निर्माणमा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम क्यानेडियन जलवायु परिवर्तन कार्यक्रमसहित), नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी र एन आई सी एसिया वैंकको ऋण सहयोग रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.