बिज्ञान तथा प्रबिधि

ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लसमा के–के छन् सुविधा ?

helambu fm
news-img

चैत १३ काठमाडौं, नेपाली बजारमा छोटो समयमा उपभोक्ताहरूको मन जित्न सफल ओप्पोले ल्याएको सेल्फी एक्स्पर्ट एफथ्री प्लस सार्वजनिक गरेको छ ।
 
एफथ्री प्लसमा ब्राण्डको पहिलो डुअल सेल्फी क्यामेरामा विभिन्न सुविधा छन् । कम्पनीले यसमा १ सय २० डिग्री वाइड एङ्कल सहितको ग्रुप सेल्फी क्यामेरा उपलब्ध रहेको छ ।
 
ओप्पोका लागि नयाँ ब्राण्ड एम्बेसेडर यूथ आइकन तथा बलिउड स्टार दीपिका पादुकोण र फोटोग्राफर डब्बु रत्नानीले आफ्नो सेल्फी अनुभवपनि साटेका छन् ।
 
यो नयाँ मोडल नेपाली बजारमा शुक्रबारदेखि प्रि–बुकिङ शुरु गरिएको कम्पनीले जनाएको छ ।
 
डुअल सेल्फी फ्रण्ट क्यामेरामार्फत उत्कृष्ट गुणस्तरीय सेल्फी लिन सघाउने कम्पनीको दावी छ । नयाँ फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमता सहितको क्यामेराका साथै ग्रुप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल लेन्स उपलब्ध गराएको छ ।
 
नयाँ फोनमा कम्पनीले १३ ईञ्च सेन्सर उपलब्ध गराएको छ । यसले तस्विर खिच्दा पर्याप्त प्रकाशको ब्यवस्था गर्दै उत्कृष्ट फोटो खिच्न सघाउने कम्पनीको भनाई छ ।
 
फोनमा रहेको क्यामेरामा उत्कृष्ट डेप्थ अफ फिल्ड इफेक्टका लागि एफ २.० एपर्चर उपलब्ध गरिएको छ । यसले विषयलाई फोकसमा पारी पृष्ठभूमिलाई आवश्यक मात्रामा धमिलो बनाउने बताइएको छ ।
 
ग्रुप सेल्फीका लागि फोनमा ८ मेगा पिक्सेल क्षमताको १ सय २० डिग्री वाइड एङ्गल सहितको विशेष क्यामेरा उपलब्ध गरिएको छ । यो क्यामेराले साधारण ८० डिग्री लेन्स फिल्ड अफ भ्यू भएका क्यामेराका तुलनामा १ सय ५ प्रतिशत बढी क्षेत्र समेट्न सक्छ ।
 
फोनमा कम्पनीले ४ हजार एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । यसले २ सय ८४ घण्टाको स्ट्याण्डबाई टाइम दिने गरेको छ । साधारण ब्याट्रीका तुलनामा ४ गुणा चाँडै चार्ज हुन्छ । प्रयोगकर्ताले मात्र ५ मिनेट ब्याट्री चार्ज गरी २ घण्टासम्मको टक टाइम पाउन सक्छन् ।
 
ओप्पो एफथ्री प्लसमा ४ जीबी ¥याम र ६४ जीबी ¥यामका साथै ओक्टा कोर प्रोशेसर उपलब्ध रहेको छ । उपभोक्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसलाई २ सय ५६ जीबी सम्म माइक्रो एसडी कार्डको माध्यमबाट बढाउन सक्ने सुविधापनि उपलब्ध रहेको छ ।
 
मेटल यूनिबडी डिजाइन रहेको यो फोन बोक्नपनि निकै आरामदायी छ । ६ ईञ्च, २.५ कोर्निङ गोरिल्ला ग्लास फाइभमा कम्पनीले प्रि एप्लाइड स्क्रिन कोटिङपनि उपलब्ध गराएको छ ।
 
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.