अन्तराष्ट्रिय

पाकिस्तानको मस्जिदमा बिस्फोट,२२ जनाको मृत्यु

helambu fm
news-img

चैत १८ एजेन्सी । पाकिस्तानको एक मस्जिदमा भएको बिस्फोटमा २२ जनाको मृत्यु भएको छ ।घटनामा ७० जना घाइते भएका छन् । उत्तरी पाकिस्तानको परचिनारस्थित शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा बिस्फोटक पदार्थले भरिएको कार प्रवेश गराई बिस्फोट गराइएको जनाइएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण रक्तदान गर्न पाकिस्तान सरकारले अपील गरेको छ । बिस्फोटका कारण मस्जिद वरपरको पसल र बजार पूर्ण रुपमा ध्वस्त भएका छन् ।

यसैबीच पाकिस्तानी प्रधामन्त्री नवाज शरीफले घटनाप्रति खेद ब्यक्त गर्दै आतातायी घटनाले पाकिस्तान स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

यो बर्ष मात्रै पाकिस्तानमा आतंककारी घटनामा २ सय भन्दा बढीको ज्यान गईसकेको छ भने गत महिना भएको बिस्फोटमा ८० भन्दा बढीको ज्यान गईसकेको छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.