अन्तराष्ट्रिय

कोलम्बियाको पहिरोमा परी तीन सय एक जनाको मृत्यु, तीन सयभन्दा बढी वेपत्ता

helambu fm
news-img

कोलम्बिया । कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ ।

गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ ।

उद्धारकार्यमा खटिएका अधिकारीले २१८ मृत शरीरलाई संकलन गरी उनीहरुको आफन्तलाई बुझाएको उक्त कार्यालयले बताएको छ ।

बाढी तथा पहिरोका कारण तीन हजार २४० मानिस घरबार बिहीन बनेका छन् । बाढी तथा पहिरोमा आफ्नो वासस्थान गुमाएका उनीहरुलाई आधारभूत खाद्यान्न लगायतका सामग्रीको प्रवन्ध गरी शिविरमा राखिएको छ ।

सरकारद्वारा दैवी प्रकोपका कारण ३०१ जनाको मृत्युभएको बताएपनि कोलम्वियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसले बुधबार ३१४ जना वेपत्ता भएको बताउनुभएको थियो ।

झन्डै ७० हजार जनसङ्ख्यामा भएको भोकोआमा बस्दै आएका करिव ४५ हजार मानिस उक्त विपद्का कारण प्रभावित बनेका यहाँको रेडक्रस सोसाइटीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.