अन्तराष्ट्रिय

म्यानमार डुङ्गा दुर्घटना, चौबिसको मृत्यु

helambu fm
news-img

चैत २६ म्यानमार । म्यानमारमा डुङ्गा दुर्घटना हुँदा कम्तिमा २४ को ज्यान गएको छ भने ३० जनाको जिबितै उद्धार गरिएको छ । करिव ८० जना लिएर शुक्रबार साँझ बन्दरगाह शहर पाथेन नजिकैको नदीमा हिँडेको एउटा डुङ्गामा अर्को एक सामान ओसार्ने डुङ्गासँग ठक्कर खाँदा भएको दुर्घटनामा कम्तिमा २४ जनाको मृत्यु भएको म्यानमारको अधिकारीले शनिबार बताएका छन् ।
डुङ्गामा यात्रारत करिव ४० जनालाई जीवितै उद्धार गरिएको छ ।घटनामा मृत्यु हुनेमा १६ जना महिला र चार जना पुरुष रहेका क्षेत्रीय सांसद आङ् थु हट्वीलाई उदृत गर्दे एफएफपीले जनाएको छ ।स्थानीय सञ्चारमाध्यममले डुङ्गा एक विवाह समारोहमा सहभागी भइ फर्केका स्थानीयले भरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.