बिज्ञान तथा प्रबिधि

वाइफाईको पासवर्ड ह्याक गर्ने हो ? यसरी चलाउन सकिन्छ अर्काको वाईफाई

helambu fm
news-img

चैत २६ काठमाण्डौै ।तपाई मोबाइल वा अन्य डिभाइसमा नेट चलाउन चाहनुहुन्छ तर, त्यसका लागि आवश्यक वाइफाईमा पासवर्ड छ भने त्यसलाई पत्ता लगाउन प्रयास अवश्य गर्नुहुन्छ । त्यसका लागि केही एप्सहरु रहेका छन् जसबाट लक गरिएका वाइफाइहरुको पासवर्ड सजिलै पत्ता लगाउन सकिन्छ ।

बेष्ट बाईफाई नेटवर्क ह्याकर
यो एप बनाउने कम्पनीले जस्तो सुकै पासवर्ड पनि आफ्नो एप्लिकेसनबाट एन्क्रिप्शन तोडेर पत्ता लगाइदिने दावी गर्छ । यो एप पब्लिक वाइफाइलाई पासवर्ड ह्याक गर्न चर्चित मानिन्छ ।

हाऊ टू ह्याक वायरलेस नेटवर्क
यो अर्को एप हो । जसले वाइफाइ पासवर्ड ह्याकिङको ट्यूटरियल जस्तै काम गर्छ । यसलाई ऐथिकल ह्याकिङ समेत भनिएको छ । यसले वाइफाइ पासवर्ड प्रोटेक्सनका लागि बनाइएको एल्गोरिथम ह्याक गर्न पनि सिकाउँछ ।

बाईफाई ह्याकर
वाईफाई ह्याकर बीएनजी पनि चर्चित पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्स्टल गरेपछि ओफन वाइफाइ नेटवर्क रेञ्जमा जानुस् र यसले तपाइँको चाहाना पुरा गरिदिन्छ ।

ह्याक बाईफाई पासवर्ड
यो एप पनि गुगल प्लेमा निशुल्क उपलब्ध छ । यसले केही सेकेण्डमा बाइफाइ पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । तपाइँलाई अचम्म लाग्ला अहिले सम्म १० लाख भन्दा बढी मानिस यो इन्स्टल गरिसकेका छन् ।

फाइण्ड माइ राउटर्स पासवर्ड
डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्सनरी पासवर्ड रिकभरी जस्ता फङ्कसन भएको यो एप तपाइँका तपाइँका लागि फाइदाजनक हुन सक्छ । नयाँ राउटर किनेपछि यसको पासवर्ड थाहा नहँदा समेत यो एपले पत्ता लगाइदिन सक्छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.