अन्तराष्ट्रिय

चर्चमा बम हमला गरेकाको पहिचान

helambu fm
news-img

चैत ३१ एजेन्सी। इजिप्टको एलेक्जान्ड्रीयामा रहेको सेन्ट मार्कस चर्चमा विस्फोट गराउनेको पहिचान भएको गृह मन्त्रालयले जनाएको छ ।

सो विस्फोटनमा परी गत आइतबार ११ जना क्रिश्चीयन र छ जना मुस्लिम प्रहरी अधिकृतसहित कम्तीमा १७ जना मारिएका थिए ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सुएज सहरका मोहम्मद हसन मुवारकले विस्फोट गराएको जनाइएको छ ।

बम हमलाकारी मुवारक सन् १९८७ को सेप्टेम्बर २८ मा माथिल्लो इजिप्टको क्वेना सहरमा जन्मिएका थिए । उनी एउटा पेट्रोलियम कम्पनीमा काम गर्ने गर्दथ्ये ।

आइतबार इजिप्टका दुई ठाउँमा बम विस्फोटन गराइएको थियो । एलेक्जान्ड्रिया बाहेक टान्टामा पनि विस्फोट भएको थियो । दुवै विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ भने १२० भन्दा बढी घाइते भएका छन् ।

“पाम सन्डे” नामक पर्व मनाइरहेका बेला राजधानी कायरो नजिकै रहेका दुई ओटा चर्चमा बम विस्फोट गराइएको थियो ।

इस्लामिक स्टेट ९आइएस०का लडाकुहरुले सामाजिक सञ्जालबाट बक्तव्य सार्वजनिक गर्दै आफ्ना दुई जना आत्मघाती हमलाकारीले बम विस्फोटन गराएको स्पष्ट पारेको छ । साथै आइएसले घटनाको जिम्मेबारी पनि लिइएको जनाएको छ ।

ठुलो मानवीय क्षती हुनेगरी भएको विस्फोटन पछि इजिप्टमा तीन महिनाका लागि सङ्कटकालको घोषणा गरिएको छ ।

राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीन महिनाका लागि भन्दै घोषणा गर्नुभएको सङ्कटकाल लगाउने प्रस्ताव एक हप्ताभित्रमा संसदमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

संसद्मा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सिसीलाई छ र संसद्ले अनुमोदन गरेपछि सङ्कटकाल कार्यान्वयनमा आउनेछ ।

सङ्कटकालको घोषणासँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.