खेलकुद

आरबीबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता जारी

helambu fm
news-img

बैशाख १ काठमाण्डौ ।नेपाल पुलिस क्लब र नेपाल आर्मी तेश्रो आरबीबी– एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको पुरुषतर्फ सफलता हात पारेका छन् । पुलिसले बुटबलको मणिमुकुन्दलाई २५–१२,२५–१६ र २५–२१ को सोझो सेटमा हरायो ।त्यस्तै आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–१२,२५–७ र २५–१३ को सहज जित निकाल्यो । जारी लिगमा ५ खेलबाट समान १३ अंक जोडे पनि पुलिससग
पराजित भएको आर्मी दोश्रो स्थानमा रहेको छ । अर्को खेलमा साबिक बिजेता हेल्प नेपाल स्पोर्टस् क्लबले जाउलाखेललाई २५–१८,२५–१२ र २५–१९ को सोझो सेटमा हरायो । हेल्प नेपालले अपराजित रहदै ४ खेलबाट १२ अंक बनाएको छ ।

महिलातर्फ एपीएफको अग्रता कायमै अगाडि

महिलातर्फ एपीएफले आफ्नो अग्रतालाई कायमै राखेको छ । शु्क्रवार भएकोआफ्नो चौथो खेलमा एपीएफले पश्चिमाञ्चल टप्सलाई २५–९,२५–१३ र २५–१२ को सोझो सेटमा हरायो । एपीएफले ४ खेलबाट अपराजित रहदै १२ अंक जोडेको छ । त्यसैगरि अपराजित रहेको न्युडायमण्ड एकेडेमीले आर्मीलाई २५–१२,२५–१४ र २५–१० को सोझो सेटमा हरायो । दोश्रो स्थानमा रहेको न्युडायमण्डले ३ खेलबाट ९ अंक बनाएको छ । अर्को खेलमा पुलिसले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–५,२५–७ र २५–३ को सहज जित निकाल्यो ।पुलिसले ४ खेलबाट ६ अंक जोडेको छ । पश्चिमाञ्चल ३ खेलबाट ३ अंक जोड्न सफल भएको छ । जाउलाखेल अंक बिहिन छ ।

 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.