अन्तराष्ट्रिय

ट्रम्पको आदेशमा अमेरिकाले खसाल्यो १० हजार किलोको बम

helambu fm
news-img

बैशाख २ एजेन्सी ।अफगानिस्तानः अमेरिकाले पाकिस्तान सीमानजिकै अफगानिस्तानको अचिन जिल्लामा बिहीबार राति अहिलेसम्मकै शक्तिशाली १० हजार किलो क्षमताको गैर-परमाणु बम प्रहार गरेको छ । यो इस्लामिक आतंकवादी संस्था ‘आइएसआइएसु विरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन भएको दाबीसमेत अमेरिकाले गरेको छ ।
जिबियू-४३ नाम गरेको बम अफगानिस्तानमा सफलतापूर्वक खसाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनालाई बधाई दिएको दृश्य समाचार एजेन्सीले प्रकाशन गरेका छन् । आफूले अफगानिस्तानमा बम खसाउन आदेश दिएको ट्रम्पले बताए ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.