देश

चुनावमा सेना खटाउने निर्णय मन्त्रिपरिषद्मा रोकियो

helambu fm
news-img

बैशाख ६ काठमाडौँ ।स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरूले बताए ।

३१ वैशाखका लागि तय गरिएको निर्वाचनमा सरकारले सेना पनि खटाउने जनाएको थियो । तर, हालसम्म त्यससम्बन्धी निर्णय गरेको छैन । बजेटसमेत विनियोजन भएको छैन । सेना खटाउने प्रस्ताव अघि बढाइए पनि त्यसबारे निर्णय भइनसकेको रक्षा मन्त्रालयका प्रवक्ता उत्तमकुमार नागिलाले बताए । निर्वाचनमा सेना खटाउने प्रस्ताव रक्षा मन्त्रालयले तीन साताअघि नै मन्त्रिपरिषद्मा लगेको थियो  ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.