अन्तराष्ट्रिय

ट्रम्पले विदेशी कामदार नियन्त्रण गर्ने कार्यकारी आदेशमा गरे हस्ताक्षर

helambu fm
news-img

बैशाख ६ काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसले अमेरिकामा उच्च स्तरको क्षमतायोग्य जागिरमा विदेशी रोक्नेछ ।यो हस्ताक्षरसंगै ‘एच वन भिसा’ कार्यक्रमको समीक्षा पनि सुरु हुनेछ ।

ट्रम्पले अमेरिकी जनताको काम विदेशी कामदारको भागमा गइरहेको भन्दै त्यसलाई रोक्नै पर्ने अडानसहित यो कदम चालेको प्रतिक्रिया दिएका छन् ।विभिन्न कम्पनीले कम तलब दिएर विदेशीलाई काममा राखेकाले ठूलो संख्यामा अमेरिकीले काम पाउनबाट बञ्चित भएको ट्रम्पको निष्कर्ष छ ।यसले कथित बाइ अमेरिका र हायर अमेरिकामा पनि परिवर्तन आउने ट्रम्पको विश्लेषण छ ।
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.