खेलकुद

लाङटाङ अन्तर्राष्ट्रिय म्याराथुनको अन्तिम तयारी पुरा अध्यक्ष, महा सचिव, सिईओ सेप्रुवेंसीमा

helambu fm
news-img

सागर श्रेष्ठ, स्याप्रुबेंसी, रसुवा । स्वास्थ्यका लागि म्याराथुन, राष्टका लागि म्याराथुन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले आयोजना थरेको दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको सम्पूण तयारी पुरा भएको छ ।


यस प्रतियोगितालाई सफल बनाउनका लागि टानका अध्यक्ष चन्द्र रिजाल, महासचिव कर्ण लामा र सिईओ टेक बहादुर महत हिजै स्याप्रुबेंसी आई पुगेका छन ।
हिजै बेलुका पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै समपूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।


भूकम्पको क्षतिपछि पनि लाङटाङलाई सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न म्याराथुनको आयोजना गरेको अध्यक्ष चन्द्रप्रसाद रिजालले बताए ।
पुरा म्याराथुनको लागि ३८ पुरुस र १४ महिलाले हस्ताक्षर गरेको र अन्यले सहभागिता मात्र जनाएको टानका महासचिवले जानकारी दिए ।

यस प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख त्यसैगरी दोस्रो र तेस्रो हुनेले भने क्रमशः ७५ र ५० हजार रूपैयाँ हात पार्नेछन् । म्याराथुन लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुवेसीमा गई टुंगिने टानका महासचिव कर्ण लामाले बताए ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.