देश

महिला ओसारपसारमा संलग्न सिन्धुपाल्चोकका दुई पक्राउ

helambu fm
news-img

बैशाख १४ चौतारा । रोजगारीका लागी भन्दै बिभिन्न प्रलोभन देखाउँदै छिमेकी देश भारत हुँदै तेस्रो मुलकुमा ओसारपसार गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोकका दुईसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सिन्धुपाल्चोक शिपापोखरी–४ का ३८ बर्षीय सरोज भन्ने तोकबहादुर तामाङ,  सिन्धुपाल्चोककै मार्मिङ ५ का ३६ वर्षीय निमा तामाङ रहेका छन् ।यस्तै झापा जुरोपानी–५ का ४८ वर्षीय मेदनीप्रसाद प्रसाईलाई पनि प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।
उनीहरुमध्ये तोकबहादुरले महिलाहरूको राहदानी बनाई संकलन गरी मेदनीप्रसादलाई दिने र बिभिन्न स्थानबाट महिलाहरूलाई काठमाडौंका विभिन्न होटलहरूमा जम्मा गरी राख्ने, दिल्लीसम्म पठाउने व्यवस्था गर्ने गरेको तथा मेदिनीप्रसादले महिलाहरूको राहदानी संकलन गर्ने र काठमाडौबाट दिल्लीसम्मको टिकट व्यवस्थापन गर्ने गरेको एवं निमाले महिलाहरूको राहदानी तथा विवरण कुरियर गरेर दिल्ली पठाउने गरेको खुल्न आएको छ ।


उक्त गिरोहले महिलाहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर बिभिन्न सिमा नाकाबाट भारतको नयाँ दिल्लीसम्म पु¥याई ओमान पठाउने भनी २ नेपाली युवतीलाई काठमाडौंको गोंगबु मित्रनगरस्थित एक गेष्टहाउसमा राखेको अवस्थामा ब्यूरोको टोलीले उद्धार गरी उनीहरुलाई पक्राउ गरेको हो ।
 

 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.