अर्थ

हरेक प्रदेशमा ४५ दिन धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाइने

हेलम्बु खबर संवातदाता
news-img

जेठ १६ काठमाडौ ।सरकारले हरेक प्रदेशमा ४५ दिनको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउने भएको छ। अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्दै हरेक प्रदेशमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भण्डारणस्थल बनाउने उल्लेख गरेका हुन्। त्यस्तै रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणलाई तिब्रता दिने पनि बजेटमा उल्लेख गरिएको छ। वजेटमा उद्योग वाणिज्य क्षेत्रका कार्यक्रमका लागि १० खर्ब विनियोजन गरिएको छ। निर्यात प्रवर्द्धन गर्न निकासी प्रोत्साहनमा दिइएको रकममा पुनरावलोकन गरिने जनाइएको छ। त्यस्तै सिमेन्ट तथा फलाम उद्योगमा सडक तथा प्रशारण लाइन विस्तार गरिने र विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याइने गरी बजेट छुट्याइएको ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.