समाचार

सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

हेलम्बु खबर संवातदाता
news-img

जेठ १६ काठमाडौँ ।साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो ।
साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलमा बसी सुन सङ्कलन गरिरहेका अवस्थामा दुवैलाई सुनसहित पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.