समाचार

तीनजना उपप्रधानसहित सात मन्त्री नियुक्त, राष्ट्रपतिसमक्ष लिए शपथ

हेलम्बु खबर संवातदाता
news-img

जेष्ठ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा तीन उपप्रधानसहित सातजना मन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्रीहरुमा विजयकुमार गच्छदार गोपालमान श्रेष्ठ र कृष्णबहादुर महरा छन् । उनीहरुले बुधबार नै शितलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । 
 
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कांग्रेस नेता श्रेष्ठले शिक्षा र मा‌ओवादी केन्द्रका नेता महराले परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने छन् । महरा यसअघिको सरकारमा उपप्रधान एव‌ं अर्थमन्त्री थिए । 
 
यसैबीच, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् भने माओवादी केन्द्रका शर्मा गृहमन्त्री बनेका छन् । शर्मा यसअघि मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उर्जामन्त्री थिए ।
 
कांग्रेसका अर्का नेता फरमुल्लाह मन्सुरले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाए भने माओवादी नेता प्रभु साह बिनाविभागीय मन्त्री बनेका छन् । ती मन्त्रीहरुले आजै राष्ट्रपतिसमक्ष शपथ लिएका छन् ।
 
कांग्रेस सभापति शेरबहादुर देउवा म‌ंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएपछि नयाँ मन्त्रीमण्डल गठन गरिएको हो ।  
 
पहिलो चरणमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट ३ र लोकतान्त्रिक फोरमबाट १ जना मन्त्री भएका छन् । 
 
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.