देश

बलियो घर बनाउने जनशक्ति उत्पादन गर्दै सबल कार्यक्रम

हेलम्बु खबर संवातदाता
news-img

काठमाण्डौ ।अमेरिकी सहयोगी संस्था USAID को आर्थिक सहयोगमा सामुदायिक समन्वयन तथा खाद्य सुरक्षाका लागि दिगो बिकास कार्यक्रम (सबल) परियोजना अन्तर्गत युसेप नेपालले अहिले भुकम्पबाट तहसनहस सिन्धुपाल्चोकमा धमाधम डकर्मी उत्पादन गरिरहेको छ ।

नेपाल सरकारको मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने भएपनि प्राबिधिक सिप अभाब त छँदैछ सरकारले प्रदान गर्ने भनिएको दोस्रो किस्ता समेत पाउन नसकेपछि सिन्धुपाल्चोकको अधिकांस ठाउँमा घर बन्न सकेको छैन ।

पैसा हुनेले एक दुई जनाले घर बनाएपनि मापदण्ड अनुसार बनेको पाईएको छैन  । यस्ले गर्दा जनतामा थप निरासा छाएको बेला सबल कार्यक्रम भित्रिएपछि जनतामा खुसी त छाएको त छनै जनसहभागिता पनि उल्लेख्य रहेको पाईएको छ ।

अधिकांस युवा बैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर भए पनि तालिमा महिला तथा बयस्क पुरुषहरुको सहभागिता हेर्दा लाग्छ गाउँलेको सहभागितामा मापदण्ड अनुसारको घर पक्कै बन्ने छ । हालै मात्र सिन्धुपाल्चोकको पिस्कर, तौथली, जलबिरे, हैबुङ, थुम्पाखर, थाङ्पाल्कोट, लिस्तिकोट लगायतको ठाउँमा तालिम सकिएको छ ।

सबलले ब्यबसायिक तालिममा जोड दिएपछि तालिमकै क्रममा समुदायको भौतिक संरचनासमेत तयार भएको युसेपका क्षेत्रिय कार्यक्रम संयोजक फईन्द्र तामाङले जानकारी दिए । उनले भने,हामी तालीम मात्र दिदैँनौ तालीमकै क्रममा भौतिक संरचना पनि बनाउँछौ गाउँमा पार्टीपौवा, कुलो मन्दिर बिद्यालय जस्ता भौतिक संरचना तालीमकै क्रममा बनेका छन् ।

तालिममा प्रयोग हुने सीप तथा सामग्री खेर जान दिएका छैँनौ जस्को प्रत्यक्ष फाईदा स्थानीयलाई भएको छ । सहभागीहरुमा खुसी छाएको छ उनी भन्छन् ।

भुकम्प पछि भित्रिएको सबलले हरेक गाबिसमा एउटा नमुना प्रोजेक्ट सहित सिन्धुपाल्चोकको २५ वटा गाबिसमा खानेपानी, सिँचाई बाटो मर्मत तथा संहार लगायत जिबीको पार्जनका लागी आयआर्जनको नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पुननिर्माणको काम पनि संसंगै अगाडी बढाउँदै गरेको सबलले हरेक घरमा पुगेर सुरक्षित आवास निर्माणका लागी जनचेतना फैलाउने र सरकारकाले तोकेको मापदण्ड अनुसार घर बनाउनका लागि आबश्यक सम्पूर्ण प्राबिधक सहयोग निःशुल्क रुपमा सञ्चाल गरिरहेको हो ।

पुर्ननिर्माणमा अब्बल रहेको सबल कार्यक्रमले रोजगारीको अवसर समेत प्रदान गरेको छ भने जिवनस्तरमा पनि उललेख्य सुधार आएको युसेपका सिन्धुली जिल्ला संयोजक लालबहादुर बुढाथोकीले बताए ।

सिन्धुपाल्चोकमा डकर्मी तालीममा केन्द्रित रहेको सबल कार्यक्रमले रामेछाप र सिन्धुलीमा भने अत्मनिर्भर तथा ब्यबसायिक रुपमा वर्कसप,ब्यूटी पार्लर तथा टेलरिङ तालिम सञ्चालन गरिरहेको छ ।

जसले उनीहरुको सिप बिकास भएको छ भने रोजगार पनि प्रसस्तै पाएका छन । सबल कार्यक्रमले सिगों समुदायलाईनै समुन्नतीतर्फ डोर्याएको युसेपका रामेछाप जिल्ला संयोजक पबिन काफ्लेले बताए । रामेछाप र सिन्धुलीमा यस लगायत अन्य थुपै्रै तालिम संचालन भैसकेको छ ।

स्मरणिय छ, सामुदायिक समन्वयन तथा खाद्य सुरक्षाका लागी दिगो बिकास कार्यक्रम (सबल) ले सिन्धुपाल्चोकको  भिमटार १ बोडगाउँमा रहेको सिमान्तकृत माझी बस्तीमा आँपखोला सिँचाइ परियोजना सम्पन्न गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.