देश

बाढीले बाध फुटायो, ३५ घर डुबानमा

रासस
news-img

जेठ २८ राजविराज। खाँडो खोलामा अचानक आएको बाढीले बाँध भत्काएपछि शनिबार तिलाठी(कोइलाडी गाउँपालिका डुबानमा परेको छ। चुरे पहाड हुँदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज(कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकैको बाँध भत्काएर गाउँ पसेको हो।

बाढीले उक्त गाउँपालिकाको वडा नं। ३ का करिव ३५ घर डुवानमा परेको प्रहरी सहायक निरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो। बाढीले तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को।१प ६८७२ नम्बरको मोटरसाईकल समेत बगाएर वेपत्ता बनाएको छ। मोटरसाईकल चालक राजविराज ५ का रामचन्द्र दासको भने प्रहरी टोलीले उद्धार गरेको छ।खोलाको पानी गाउँमा पसेपछि बालीमा क्षति पुग्नुका साथै गाउँलेहरुको आवतजावत अवरुद्ध भएको छ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.