एसईईको नतिजा सार्वजनिक

हेलम्बु संबातदाता
news-img

असार २  काठमाडौंरीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको भएपनि संशोधित शिक्षा ऐनअनुसार यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो ।   यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो ।  

यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका  अनुसार परिक्षामा सहभागि भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये १२ हजार  २ सय  ८४ जनाले ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (GPA) प्राप्त गरेका छन् ।  यस्तै, ४२ हजार ४ सय २७ जनाले ३.२ भन्दा माथि देखि ३।६ जीपीए ल्याएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५० हजार ६ सय ४६ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६१ हजार ९ सय ५५ जना, २ भन्दा माथी देखि २।४ जीपीएमा ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीए ल्याउने १ लाख ८ हजार ४ सय ६४ छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।

परिक्षामा सामेल भएका मध्ये २ सय १९ जनाको परिक्षा रद्ध गरिएको छ ।  परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गत वर्ष दुई विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो ।  अब सीभन्दा क।म ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन । गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउाथ्यो । ग्रेड वृद्धीका लागि पुनस् परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ । 

नतिजा हेर्नका लागि

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइ www.soce.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै  www.neb.gov.np नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।

परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।

कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.