समाचार

लार्चामा तुइन निर्माणपछि आवतजातमा सहज

हेलम्बु संबातदाता
news-img

साउन १६ सिन्धुपाल्चोक ।लार्चा पुल भाँचिएको ठाउँमा तुइन निर्माण सुरु भएको छ । लगातारको वर्षाका कारण सउन ८ गते राती झरेको पहिरोले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि आवतजावतमा कठिनाइ व्यहोरिरहेका स्थानीयवासीलाई सहज बनाउन तुइन निर्माण गर्न लागेको हो ।
 
जिल्लाको प्रसिद्ध तिर्थस्थल तातोपानी नाका जोड्ने ७० मिटर लामो पक्की पुलमाथी पहिरो खसेर जीर्ण अवस्थामा रहेको पुल भाच्चिएर भोटेकोशीले बगाएपछि तातोपानीवासीले व्यहोर्नु परेको सास्ती तुइन निर्माणपछि आवागमनमा केही सहज हुने भएको छ ।
 
तत्कालका लागि भोटेकोशी गाउँपालिकाको करिब तीन लाखको रुपैयाँको लागतमा तुइन निर्माण सुरु गरिएको हो । पुलको जिपसम्म ९० मिटर लामो फड्के राख्नुपर्ने र सहज रुपमा वारिपारि गर्न दायाँबायाँ बारसमेत राख्ने व्यवस्था मिलाइएको र निर्माण कार्य तिब्र गतिमा चलिरहेकोले मंगलबारसम्ममा सम्पन्न हुने बताइएको छ ।
 
स्थानीयबासी पाँच घण्टासम्म पैदल हिँडेर गाउँ पुग्ने गरेकामा शनिबारदेखि भने तुइनबाट आवतजावत गर्न मिल्ने भएको छ । अझै पनि वृद्धवृद्धा, बालबालिका र बिरामीलाई तुइनबाट वारपार गर्न कठिनाइ भइरहेको छ । उक्त दुवै कामका लागि नेपाल प्रहरी, सशस्त्र सीमा प्रहरी र गाउँपालिकाको सक्रियता रहेको छ ।
 
भूकम्पले चिरा परेका र हालको वर्षा सँगैको पहिरोका कारण तातोपानीका लिपिङ, दुगुनागढी, यार्सा, फुल्पिङकट्टीको हिल्दी, डाक्लाङ क्षेत्र र मार्मिङलगायत बस्तीका बासिन्दा विस्थापित भएका छन् ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.