मनोरञ्जन

यसरी फुरेको थियोस् न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई बिपन किरण( भिडियो सहित)

helambu fm
news-img

कूल तामाङ,  काठमाण्डौ ।
 
न बिर्से तिमीलाई
न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाँए तिमीलाई
 
यी हरफ सुनिसकेपछि सबैको दिमाग वरिवरी घुम्ने नाम हो अञ्जु पन्त । वा,क्या मिठो स्वर ,कति मिठो गाएको । सबैको मनमा अहिले पनि एक छत्र राज गरिरहेको छ यो गितले । यति मिठो गित, यति मिठो संगित अनि यति मिठो शब्द कस्ले सृजना गरेको होला सबैको मनमा प्रश्न उठ्न सक्छ ।
 
यो गितका गितकार हुन बिपिन किरण । स्कूल पढ्दा देखिनै कबिताहरु लेख्ने बिपिनले थुप्रै पुरस्कारहरु पनि जितेका छन । उच्च शिक्षाका लागी काठमाण्डौ छिरेका बिपिन कलेज भर्ना त भए तर सांगीतिक माहोल नभएपछि प्लस टु सम्मको पढाई पश्चात उनले कलेज अर्कै फेरे ।
 
बिबीएस भर्ना हुन कमर्स क्याम्पस पुगे ,त्यहाँ उनलाई गित संगितमा रम्ने रमाउने वातावारण मिल्यो, त्यस्तै किसीमका साथीहरुसंग उठबस हुन थाल्यो । कलेजमा पलास नामक पत्रिकामा गजल निकाल्ने साथीहरुसंग उनको मित्रता हुन थालेपछि उनको सृजनाहरु पोख्न सजिलो भयो ।
 
कलेजले पनि बिभिन्न कार्यक्रमहरु राख्दा उनी सहभागी हुन्थे । पहिलो चोटी कलेजले गरेको कबिता प्रतियोगितामा उनले तृतिय स्थान हात पारे । त्यस लगत्तै उनले अर्को प्रतियोगितमा भाग लिँदा प्रथम स्थान हाँसिल गरे । कबिता लेख्ने गरेका बिपिनको बिस्तारै गजल लेख्ने बानीको पनि बिकास हुन थाल्यो ।
 
मित्रता गास्ने क्रममा उनको भेट मदन गोपालसंग भयो जो ब्यक्ति संगितमा रुची राख्थे । उनैको एल्बममा पहिलो गित मेरो मनको फूलबारमिा बहार लिई आयौ,यस्तो लाग्छ तिमीले मेरो जिवन जग्मगायो । तर यो गित रेकर्ड हुन पाएन । कलेज पढीरहेकै दौरानमा उनको भेट संगितकार महेश खड्काको भाई प्रितम खड्कासंग भयो ।
 
भिडियो कुराकानी याँहा मुनि हेर्नुहोस् 

 
 
प्रितमकै मार्फत उनको भेट महेश खड्कासंग हुन्छ । त्यपछि दैनिक जसो भेट भैरहने बिपिनले महेशको राम्रै साथ र सहयोग पाए । यति मात्र हैन बिपिन पढ्दै त थिएनै उनी पढाउँथे पनि । यस अघि कक्षा ९ र १० मा एकाउण्ट पढाउने बिपिन स्कूलको एकाउण्टेन पनि हुन् ।
 
काठमाण्डौको अनाम नगरमा साथीभाईहरुसंग बसेर चिया खाने गजल सुनाउने र एक अर्काको कमि९कमजोरी औँलाउने गर्थे बिपिन र उनका साथीहरु । त्यस्ले पनि केहि उपलब्धी हुन सकेन । कोर्ने क्रममा न बिर्से तिमीलाई बोलको गजल संगितकार महेश खड्कालाई दिए । सोही गितमा संगित भरे महेश खड्काले यो गित सुरुमा ईन्दिरा जोशीलाई गाउन दिए पनि पछि अञ्जु पन्तले गाए ।
 
यही गित जगदिश समालले पनि गाएका छन । १९ बर्षको उमेरमा चर्चाको शिखर चुमेका बिपिन किरण अहिले ति दिन र चर्चालाई कायमै राख्नका निमित्त धेरै मिहिनेतका साथ अघि बढी रहेका छन् । कुनै पनि मोवाइर्ल थिएन होला त्यति खेर जहाँ नबिर्से तिमीलाई गजल नअटिएको ।
 
साना देखि ठूला सबैका ओठमा झुण्डिरह्यो न बिर्से तिमीलाई , न पाएँ तिमीलाई । यो गजल यति चर्चामा आयो कि नेपालका सबै एफ।एम।रेडियोहरुमा प्रत्येक घण्टा बजेकै हुन्थ्यो भने दर्जनौ रेडियोमा एकै समयमा बजेको पनि रेकर्ड कायम गर्यो । बिपिन किरण आफैँ उदाएका हैनन भन्छन उनी । यति मिठो, न्यानो मायाका लागी दर्शक स्रोता अनि सञ्चार माध्यम सबैलाई धन्यबाद दिन्छन बिपिन ।
 
अनुभब र अनुभुतिको मिश्रणबाट जन्मिएको सृजनानै उत्कृष्ठ ठान्ने बिपिनले यो गजललाई लेख्दा भर्खरै १७ बर्षका थिए,किरण एल्बम निकाल्दा १९ बर्षका बिपिनले कतिपय ठाउँमा आफैँ एल्बम पुर्याउन गए । त्यतिबेला उनलाई कसैले पनि चिनेन बिपिन करिण भनेर, चिने त केवल एल्बम पुर्याउन आउने कोही मान्छे ।
 
उनको यो गजलले नेपाली साङ्गितिक आकाशमा एउटा ईतिहास बनायो जुन ईतिहासलाई कसैले मेटाउन सक्दैन । आधुनिक,पप र लोकमा मात्र सिमित साङगितिक बजारलाई नयाँ स्वाद र अलगधारमा पुर्याउन बिपिनको यो प्रयास ईतिहासमा कैद भैसकेको छ । कसैले आफ्नो कथाको रुपमा दाँजे,कसैले ईश्वरीय भक्तिको रुपमा दाँजे त कसैले आफ्नो पारिबारिक कथासंग दाँजे यो गजललाई । सबैसंग मेल खाने जस्तो अबस्थामा पनि मिल्ने यो गजलका श्रष्ठा बिपिनमा एक किसिमको अदृश्य लेखन र शक्ति छ भन्दा फरक नपर्ला ।
 
नेपाली साङ्गितक बजारमा गजल गाएर पनि बाँच्न सकिने रहेछ भनेर प्रमाणित गरेका बिपिनले यहि श्रृजना मार्फत ब्यसायिकरुपमा स्थापित गराउन पनि सफल भए ।
 
१९ बर्षका किशोरअबस्थामा तैरिरहेका बिपिनबाट नयाँ पुस्ताले पक्कै केहि कुरा सिक्नै पर्छ । तर दुखको कुरा गित जति चर्चामा आएपनि रोयल्टी बापतको पैसा एक रुपैयाँ पनि पाएनन उनले ।
 
हरेक सर्जकको नाम बेचेर लाँखौ रुपैँया बिभिन्न कम्पनिहरुले कुम्लयाई रहँदा र्सजकहरु भ्ने रित्तो हात लिएर बाँचन बिबस छ । बिभिन्न एैन आए कानुन आए तर कागजमा मात्र सिमित छन् । जस्ले गर्दा सिङ्गो सर्जकहरु पिडित भैरहेका छन् ।
 
माया प्रेममा खासै रुची नराख्ने बिपिन ,स्रोता दर्शकले दिएको माया र आर्शिबादलाई गुमाउन चाँहदैनन् । साङ्गितिक क्षेत्रमा क्रियाशिल भएर होला मेरो प्रेम कहानी शुन्य नै रह्यो उनी बताउँछन् ।
 
 
 
 
 
 उनी स्रोताले आफुलाई कत्तिको मन पराउँदा रहेछन भनेर जब सार्बजनिक सवारीमा यात्रा गर्थे, उनको बारेमा स्रोताले गरेको अपेक्षा फरक पाउँथे त्यो बेलाको स्मरण गर्दै उनी भन्छन,म माथी धेरै आशा र भरोषा गर्नुभएको रहेछ ,म सार्बजनिक रुपमा यात्रा गर्दा यो गजलका सर्जक पक्कै परिपक्क छन् होला,उमेरका हिसाबमा पनि ४०,४५ बर्षका होला यस्तै यस्तै कुरा सुनेपछि म झन परिपक्क भएँ जस्तो लाग्यो म जे काममा परिपक्क छु त्यसैमा अझ निपूर्ण हुन्छु भनेर अझ बढी ध्यान दिएँ माया प्रेममा रुमलिने र अल्झिने समनै पाईन भन्छन् बिपिन किरण ।
 
एउटा गितकार भएर सर्बाधिक चर्चामा आउने एक मात्र ब्यक्ति हुन बिपिन किरण । देशभक्ति एक नागरिक भएर हेर्दा उनलाई नेपालको राजनितिक अस्थिरताले सबै तहसनहस भएकोमा चिन्ता लाग्छ ।जब सम्म राजनितिक अस्थिरता कायम रहन्छ तबसम्म नेपालको बिकास नहुने उनको ठम्याईछ ।
 
कुनै बेलाको एकदमै चर्चित गीत न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई गीत लेखेर चर्चाको शिखरमा रहेको गीतकार विपीन किरण चाँडै नै आफ्नो ७ औँ एल्बम प्रत्युष लिएर श्रोता माझ आउँदैछन् ।
 
विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याउन लागेको उक्त एल्बममा ६ वटा गीत रहने न्यूज अभिायानसंगको कुराकानीका क्रममा बिपिन किरणले बताए ।
 
उनको प्रत्युष एल्बम दशैँको मौकामा बजारमा आउँदैछ । उक्त एल्बममा राजेश पायल राई, दुर्गा खरेल, युवराज चौलागाइ, जुनु रिजाल काफ्ले, श्रीयसी चेम्जोङ, सुमन श्रीस लगायतले गाउँदैछन भने महेश खड्का, लक्ष्मण शेष, बसन्त सापकोटा र अर्जुन पोखरेलको सङ्गीत रहनेछ । 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.