बिज्ञान तथा प्रबिधि

संसारकै सबैभन्दा लामो सिसाको पुल (फोटो फिचरसहित)

helambu fm
news-img

भदौ १३ एजेन्सी ।चीनको हुनान प्रान्तमा सिसाबाट बनाइएको संसारको सबैभन्दा लामो र अग्लो पुल सर्वसाधारणको लागि खुला भएको छ।३ सय मिटर उचाइमा रहेको ६ मिटर चौडा यो पुलको लम्बाई ४ सय ३० मिटर रहेको छ।यो पुलको डिजाइन र कन्स्ट्रक्सनले विश्वमा १० वटा रेकर्ड बनाइसकेको छ।

 

सिसाबाट बनेको यो पुलमा कार गुडाइएर परीक्षण गरेको थियो। यतिमात्रै नभएर मानिसले भारी तौल भएको हथौडाले उक्त सिसामा हानेका थिए, तर उक्त परीक्षण समेत अत्यन्तै सफल रहेको थियो।झाङ्गजियाजीमा तयार पारिएको यो पुलबाट प्रत्येक दिन ८ हजार मानिसलाई अवलोकन गर्ने अनुमति दिइनेछ। यसमा करिब ८ सय मानिस एक पटकमा उभिन सक्ने क्षमताको बनाइएको छ। यसका साथै मानिसले उक्त पुलमा एडभेन्चर्स स्पोर्टसको मज्जा समेत लिन सक्नेछन्।चीनमा यो पुललाई इजराइली आर्किटेक्ट हैम दोतनले डिजाइन गरेका हुन्। पुलको बीचमा बन्जी जम्पिङको लागि समेत प्लेटफर्म बनाइएको छ।

पुल व्यवस्थापन समितिका अनुसार यो पुलमा तीन लेयर अल्ट्रा सुपर ट्रान्सपेरेन्ट सिसाको ९९ टुक्रा जडान गरिएको छ। उक्त सिसाको मोटाई तीन मिटर देखि साढे चारमिटरसम्म छ।सिसाबाट बनाइएको यो पुल चीनको झाङ्गजियाजीको ग्रान्ड केन्यन क्षेत्रमा रहेको छ। हुनान प्रान्तको दक्षिण पश्चिम शहर झाङ्गजियाजीभन्दा ६० किलोमिटर टाढा रहेको छ।
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.